सार्वजनिक जानकारी

काम र रोजगारी

नर्वेमा काम खोज्ने प्रक्रिया, रोजगारी सम्झौता, तलब, काम गर्ने समय, कर्मचारीका अधिकार र कार्यस्थलसँग सम्बन्धित उपयोगी जानकारी।

नर्वेमा काम खोज्दा, रोजगारी सुरु गर्दा वा कार्यस्थलमा समस्या सामना गर्दा आफ्ना अधिकार र जिम्मेवारी बुझ्नु महत्त्वपूर्ण हुन्छ। रोजगारी सम्झौता, तलब, काम गर्ने समय, बिदा, बिरामी बिदा र सुरक्षित कार्य वातावरणसम्बन्धी नियमले कर्मचारी र रोजगारदाता दुवैलाई मार्गदर्शन गर्छन्।

यस विषयअन्तर्गतका मार्गदर्शिकाले काम खोज्ने प्रक्रिया, रोजगारी सम्झौता, कार्यस्थलका अधिकार, बेरोजगारी, योग्यता र सम्बन्धित सार्वजनिक सेवाबारे सरल नेपाली भाषामा जानकारी दिन्छन्। आवश्यकताअनुसार NAV, Arbeidstilsynet, Skatteetaten र अन्य जिम्मेवार निकायका आधिकारिक स्रोतहरू पनि उल्लेख गरिन्छन्।

नियम, सुविधा र व्यक्तिगत अधिकार रोजगारीको प्रकार, सम्झौता र व्यक्तिगत परिस्थितिअनुसार फरक हुन सक्छन्। सम्झौतामा हस्ताक्षर गर्नुअघि, आवेदन दिनुअघि वा महत्त्वपूर्ण निर्णय लिनुअघि सम्बन्धित सार्वजनिक निकाय वा जिम्मेवार संस्थाको आधिकारिक जानकारी जाँच गर्नुहोस्।

9 जानकारीमूलक लेखहरू

यस विषयका सबै जानकारी

  1. जिम्मेवार निकायUtdanningsdirektoratet (

    रेस्टुरेन्टमा काम गर्दै हुनुहुन्छ? आफ्नो अनुभवबाट कुकको सीप प्रमाणपत्र यसरी लिनुहोस्

    रेस्टुरेन्टको भान्सामा काम गरिरहनुभएको छ, तर कुकको औपचारिक सीप प्रमाणपत्र छैन? नर्वेमा आफ्नो अनुभवका आधारमा परीक्षा दिएर वा कामसँगै तालिम लिएर सीप प्रमाणपत्र (fagbrev) हासिल गर्ने बाटा छन्। यो गाइडले आवश्यक अनुभव, कागजात, परीक्षा र प्रक्रिया सुरु गर्न कहाँ सम्पर्क गर्ने भन्ने बुझाउँछ।

  2. जिम्मेवार निकायArbeidstilsynet

    नर्वेमा सफाइको काम गर्ने कर्मचारीले जान्नुपर्ने विशेष नियम

    नर्वेमा सफाइको काम गर्ने कर्मचारीका लागि तलब, HMS-kort, कामको पोसाक, रसायन र वास्तविक काम गरेको समयसम्बन्धी विशेष नियम छन्। एउटै दिन विभिन्न ग्राहक वा कामका ठाउँबीच यात्रा गर्नुपरेमा त्यो समय कामको समय वा छुट्टै पारिश्रमिकका रूपमा गणना हुन सक्छ। यो गाइडले आफ्नो अधिकार कसरी जाँच्ने र नियम पालना नभएमा के गर्न सकिन्छ भन्ने व्यावहारिक जानकारी दिन्छ।

  3. जिम्मेवार निकायNAV

    अस्थायी काम कटौती (Permittering): कामदारले जान्नैपर्ने कानुनी र व्यावहारिक कुराहरू

    Permittering को पत्र आउँदा जागिर गयो कि, तलब कहिलेसम्म आउँछ र अब खर्च कसरी धान्ने भन्ने चिन्ता हुन सक्छ। तर यो भनेको जागिर तुरुन्त समाप्त हुनु होइन, काम र आम्दानी अस्थायी रूपमा रोकिनु वा घट्नु हो। यो गाइडले permittering हुँदा कर्मचारीका अधिकार, जिम्मेवारी र चाल्नुपर्ने आवश्यक कदमलाई सरल रूपमा बुझाउँछ।

  4. जिम्मेवार निकायArbeidstilsynet

    कार्यस्थलमा लगातार अपमान, एक्ल्याउने व्यवहार वा मानसिक दबाब भए के गर्ने?

    कार्यस्थलमा विचार नमिल्नु सामान्य हो, तर कसैलाई लगातार होच्याउने, एक्ल्याउने वा मानसिक दबाबमा राख्ने व्यवहार सामान्य असहमति होइन। यस्तो अवस्थामा घटना कसरी टिपोट गर्ने, कसलाई जानकारी दिने, लिखित उजुरी कसरी गर्ने र समस्या समाधान नभए कहाँ सहायता खोज्ने भन्ने जानकारी यस गाइडमा समेटिएको छ।

  5. जिम्मेवार निकायArbeidstilsynet

    नर्वेमा कामदारका आधारभूत अधिकार: तलब, काम गर्ने समय, बिदाको पैसा र रोजगार सम्झौता

    काम गर्दा लिखित रोजगार सम्झौता, सही तलब र तलबको विवरण पाउनु कामदारका आधारभूत अधिकार हुन्। यस गाइडमा काम गर्ने समय, विश्राम, अतिरिक्त काम र ओभरटाइमको भुक्तानी, वार्षिक बिदा, बिदाको पैसा ,भत्ता तथा जागिर छोड्दा वा हटाइँदा लागू हुने नियम बुझाइएको छ। तलब वा बिदाको पैसा नपाए के गर्ने र आवश्यक प्रमाण कसरी सुरक्षित राख्ने भन्ने व्यावहारिक जानकारी ।

  6. जिम्मेवार निकायNAV

    जागिर गुमेपछि के गर्ने?

    नर्वेमा जागिर गुम्नु तनावपूर्ण हुन सक्छ, तर समयमै सही कदम चालेमा आर्थिक र कानुनी सुरक्षा सुनिश्चित गर्न सकिन्छ। रोजगारदाताबाट लिखित 'Oppsigelse' पाएपछि आफ्नो अन्तिम तलब जाँच्ने, NAV मा दर्ता भई बेरोजगारी भत्ता (Dagpenger) का लागि आवेदन दिने र आफ्नो कानुनी तथा भिसा (UDI) अधिकार सुरक्षित गर्ने तरिकासम्मको पूर्ण गाइड।

  7. जिम्मेवार निकायArbeidstilsynet

    रोजगार सम्झौतामा के जाँच्ने?

    नर्वेमा काम सुरु गर्दा लिखित रोजगार सम्झौता लिनु अत्यन्त महत्त्वपूर्ण हुन्छ। सम्झौतामा रोजगारदाताको विवरण, पद, कामको अवधि, जागिरको प्रतिशत, काम गर्ने समय, तलब, अतिरिक्त भत्ता, परीक्षण अवधि, छुट्टी र काम छोड्ने सूचना अवधिजस्ता सर्त स्पष्ट छन् कि छैनन् जाँच्नुपर्छ।

  8. जिम्मेवार निकायArbeidstilsynet

    ओभरटाइम र अतिरिक्त तलब

    नर्वेमा नियमित समयभन्दा बढी काम गरेको सबै समय कानुनी रूपमा ओभरटाइम मानिँदैन। यस गाइडमा मेरआरबाइड र ओभरटाइमबीचको फरक, ओभरटाइम गर्दा पाउनुपर्ने न्यूनतम अतिरिक्त भत्ता, रकम गणना गर्ने तरिका, सट्टा बिदा र ओभरटाइमको सीमाबारे जानकारी दिइएको छ।

    २०२६ सेप्टेम्बर ८पूरा जानकारी पढ्नुहोस्
  9. जिम्मेवार निकायNAV

    बेरोजगारी भत्ता (Dagpenger): काम गुमाउँदा पाइने आर्थिक सहयोग

    काम गुमाएका वा अस्थायी रूपमा कामबाट हटाइएका व्यक्तिले निश्चित सर्त पूरा गरेमा NAV बाट बेरोजगारी भत्ता, जसलाई नर्वेजियन भाषामा Dagpenger भनिन्छ, प्राप्त गर्न सक्छन्। यसको उद्देश्य बेरोजगार भएको अवधिमा आम्दानीको केही हिस्सा उपलब्ध गराउनु र नयाँ काम खोज्ने समयसम्म आर्थिक सुरक्षा दिनु हो। Dagpenger पहिलेको तलबको पूर्ण प्रतिस्थापन भने होइन