पोर्चुगल, माल्टा, पोल्याण्ड लगायतका युरोपेली देशबाट नर्वे आउँदाका नियमहरू
नर्वेमा बसोबास वा काम गर्ने उद्देश्यले पोर्चुगल, माल्टा, पोल्याण्ड लगायतका युरोपेली (EU/EØS) देशहरूबाट आउने नेपाली तथा अन्य नागरिकहरूका लागि नियमहरू उनीहरूको नागरिकता र कानुनी हैसियतमा भर पर्छन्। यहाँ युरोपेली कानुन (EU/EØS-regelverket) अन्तर्गतका मुख्य नियमहरू र सम्बन्धित सरकारी निकायका लिङ्कहरू सहितको विस्तृत गाइड प्रस्तुत गरिएको छ।
युरोपेली (EU/EEA) देशबाट नर्वे आउँदाका मुख्य नियमहरू
तपाईंको अवस्था अनुसार नर्वे आउने र बस्ने नियमहरू फरक-फरक हुन्छन्:
युरोपेली देशको नागरिकता प्राप्त गरेका व्यक्तिहरूको लागि
यदि तपाईंले पोर्चुगल, पोल्याण्ड, माल्टा वा अन्य कुनै EU/EEA देशको नागरिकता प्राप्त गर्नुभएको छ भने, तपाईंलाई युरोपेली नियम (EU/EØS-regelverket) लागू हुन्छ। यस नियम अनुसार:
प्रवेश र छोटो बसाइ: एक EU/EEA नागरिकको रूपमा तपाईं नर्वेमा तीन महिना (९० दिन) सम्म भ्रमण वा बिदा मनाउन बिना कुनै विशेष अनुमति बस्न सक्नुहुन्छ।
काम र लामो बसाइ: तीन महिनाभन्दा बढी बस्नका लागि तपाईंले नर्वेमा काम गरेको , स्वरोजगार , सेवा प्रदायक, विद्यार्थी , वा आफूलाई पाल्न सक्ने आफ्नै रकम भएको हुनुपर्छ।
दर्ता प्रक्रिया : नर्वेमा ३ महिनाभन्दा बढी बस्ने भएमा तपाईंले प्रहरी वा विदेशी कामदारहरूका लागि सेवा केन्द्र (SUA) मा दर्ता गर्नुपर्छ। दर्ता गरेपछि तपाईंले 'registreringsbevis' प्राप्त गर्नुहुनेछ, जसले तपाईं नर्वेमा बस्ने युरोपेली नागरिक हो भनी प्रमाणित गर्छ।
युरोपेली नागरिकका नेपाली (गैर-युरोपेली) परिवारका सदस्यहरूको लागि
यदि श्रीमान् वा श्रीमती मध्ये एक जना EU/EEA नागरिक हुनुहुन्छ र अर्को व्यक्तिसँग नेपालकै पासपोर्ट छ भने:
समान अधिकार: EU/EØS नागरिकका परिवारका सदस्यहरूलाई पनि उही युरोपेली नियम (EU/EØS-regelverket) अन्तर्गत समान अधिकार प्राप्त हुन्छ, तर यसका लागि मुख्य EU/EØS नागरिकसँग नर्वेमा बस्ने अधिकार हुनुपर्छ।
आवासीय कार्ड: परिवारका यस्ता सदस्यहरूले नर्वेमा आएर प्रहरी वा SUA मार्फत आवासीय कार्डको लागि आवेदन दिन सक्छन्।
नेपाली पासपोर्ट र युरोपेली देशको अस्थायी वा स्थायी कार्ड हुनेहरूको लागि
यदि तपाईंसँग नेपालकै पासपोर्ट छ र पोर्चुगल, माल्टा वा पोल्याण्डको केवल रेसिडेन्स कार्ड वा वर्क परमिट छ भने:
युरोपेली कार्ड हुँदैमा नर्वेमा काम गर्ने अधिकार प्राप्त हुँदैन।
तपाईं पर्यटकको रूपमा ९० दिनसम्म मात्र घुम्न आउन सक्नुहुन्छ।
नर्वेमा काम गर्न चाहनुहुन्छ भने, तपाईंले तेस्रो देशको नागरिकसरह नर्वेको 'दक्ष कामदार' (Skilled Worker) वा अन्य सान्दर्भिक भिसा को लागि आवेदन दिनुपर्ने हुन्छ।
तपाईंको नर्वे यात्रा र दर्ता प्रक्रियामा यी दुई सरकारी निकायहरूको मुख्य भूमिका रहन्छ:
UDI (Norwegian Directorate of Immigration)
नर्वेको अध्यागमन, भिसा र युरोपेली नागरिकको दर्ता सम्बन्धी सम्पूर्ण नियमहरू UDI ले व्यवस्थापन गर्छ।
SUA (Service Centre for Foreign Workers)
SUA एउटा यस्तो केन्द्र हो जहाँ श्रम निरीक्षणालय (Labour Inspection Authority), प्रहरी (Police), कर प्रशासन (Tax Administration) र UDI ले एकै ठाउँबाट सेवा दिन्छन्। विदेशी कामदारहरूले नर्वेमा काम सुरु गर्न आवश्यक पर्ने कर कार्ड, डी-नम्बर (D-number) र ID चेकको काम यहाँबाट गर्न सक्छन्।
नोट: SUA मा सेवा लिन जानुअघि अनिवार्य रूपमा अग्रिम अपोइन्टमेन्ट (book an appointment) लिनुपर्छ। ओस्लो लगायतका प्रमुख सहरहरूमा SUA का कार्यालयहरू रहेका छन्।
Norsk
महत्त्वपूर्ण नर्वेजियन शब्दहरू
- EU/EØS-borger
- युरोपेली संघ (EU) वा युरोपेली आर्थिक क्षेत्र (EØS/EEA) अन्तर्गत पर्ने कुनै पनि देशको नागरिकता व्यक्तिलाई EU/EØS-borger भनिन्छ। यस्ता नागरिकहरूलाई नर्वेमा बिना कुनै विशेष भिसा आवतजावत गर्न, बस्न, काम गर्न र पढ्न युरोपेली नियम अन्तर्गत स्वतन्त्रता हुन्छ।
- EU/EØS-regelverket
- यो युरोपेली युनियन (EU) र युरोपेली आर्थिक क्षेत्र (EØS/EEA) भित्र लागू हुने साझा कानुन हो। यस नियमले युरोपेली नागरिकहरू र उनीहरूका परिवारलाई नर्वे लगायत कुनै पनि सदस्य राष्ट्रमा स्वतन्त्र रूपमा आवतजावत गर्ने, काम खोज्ने, बस्ने र पढ्ने अधिकार सुनिश्चित गर्छ। नर्वे EU को सदस्य नभए पनि EØS सम्झौता मार्फत यो नियम नर्वेमा पूर्ण रूपमा लागू हुन्छ।
- Arbeidsinnvandring
- काम गर्ने वा रोजगार प्राप्त गर्ने उद्देश्यले विदेशी नागरिकहरू नर्वे आउने प्रक्रियालाई Arbeidsinnvandring भनिन्छ।
थप आधिकारिक लिंकहरू
यो जानकारी कसका लागि हो
- नयाँ आएका व्यक्तिहरू
- कामदार र रोजगारी खोज्नेहरू